यस्तो छ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालसँग भिड्ने माल्दिभ्सको टिम

अक्टोबर १ बाट सुरु हुने साफ च्याम्पियनसिपका लागि आयोजक माल्दिभ्सले टिम घोषणा गरेको छ। माल्दिभ्सले सोमबार भेट्रान स्ट्राइकर अली अस्फाकको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको हो।

दक्षिण एसियाको फुटबलमा राम्रो छवि बनाएको माल्दिभ्सले उद्घाटन खेलमा नेपालसँग खेल्ने छ। खेल मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ।

प्रतियोगितामा यो पटक ५ टिममात्र सहभगाी छन्। प्रतियोगिता राउन्ड रोबिनका आधारमा हुनेछ । लिगका शीर्ष दुई टिमले टिमले उपाधिका लागि अक्टोबर १६मा भिड्ने छन्।

प्रतियोगिताका लागि नेपालले शनिबार मात्र २३ सदस्यीय टिम घोषणा गरेको थियो । कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली टिम उतैबाट माल्दिभ्स पुग्ने छ।

यस्तो छ टिम

Facebook Comments Box