
गिनी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा
गिनी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा मालीमाथि पेनाल्टी सुटआउटमा ६–५को जित निकाल्दै गिनी अन्तिम आठमा पुगेको हो।
क्यामरुनमा जारी प्रतियोगिताको अन्तिम १६का अन्तिम खेलको निर्धारित समय र थप गरिएको समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा गिनीका एडमा ट्रायोरे, मौस डिजेन्पो, इल बिलाल टाओरे, सउल कोको, इभान साल्भाडोर र सान्टियागो इन्नेमेले गोल गर्दा मासिडियो हैडरा, हामारी ट्रायोरेले गोल गर्न सकेनन्। मालीका रुवेन बेलिमा, कार्लोस अकापो, जान्निक बुयल, ओलिऔ डिङ, मोहम्मद कामेराले गोल गर्दा इमिलो एनसुइ, पाउलो गानेट र फालाए साकोको गोल गर्न असफल रहे।
योसँगै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण पुरा भएको छ। क्वार्टरफाइनलमा आयोजक क्यामरुनले गाम्बिया, ट्युनिसियाले बुर्किना फासो, इजिप्टले मोरोक्को र सेनेगलले गिनीसँग खेल्ने छन्।