म्यान्चेस्टर सिटी र लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटी र डिफेन्डिङ च्याम्पियन लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई २–० ले हराउँदा लिभरपुलले आर्सनललाई उसकै मैदानमा ३–०ले हरायो।

घरेलु टिम लेस्टर सिटीविरुद्ध म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डी र गाब्रियल जिससले गोल गरे। सिटीले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

बेन्जामिन मेन्डीले खेलको ५८औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए। खेलको ७४ औं मिनेटमा गाब्रियल जिससले गोल गरेपछि म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा लिभरपुलले आर्सनललाई ३–० गोलले पराजित गरेको छ। आर्सनलविरुद्ध लिभरपुलका डियागो जोटाले दुई र मोहम्मद सलाहले एक गोल गरे।

६४औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। ६८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए। एकपछि अर्को गोलको अवसर निकालेको लिरभपुलले तेस्रो गोल भने खेलको ८२ औं मिनेटमा गरेको थियो। जोटाले गोल गर्दै लिभरपुललाई ३–० गोलको जित दिलाए।

लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले यो जितसँगै उपाधि यात्रालाई झनै बलियो बनाएको छ। ३१ खेलबाट म्यानचेस्टर सिटीले ७४ अंक बनाएको छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने ३० खेलबाट ५६ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक छ।

जितसँगै लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ। लिभरपुलको ३० खेलबाट ४९ अंक भएको छ। पराजित आर्सनलको भने ३० खेलबाट ४२ अंक छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.