सिटी र टोटनहमले भित्र्याए युवा डिफेन्डर

Read Time:1 मिनेट

इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र टोटनहमले दुई युवा डिफेन्डर भित्र्याएका छन्। सिटीले स्पेनिस युवा डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्धन गर्दा टोटनहमले इटालीका डेस्टिनी उडोगीलाई अनुबन्धन गरेको छ।

सिटीले २१ वर्षीय लेफ्ट ब्याग गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट १३ मिलियन युरोमा अनुबन्ध गरेको हो । सिटीले गोमेजसँग ४ वर्षको सम्झौता गरेको छ।

बार्सिलोनाको एकेडेमी लामासियाका उत्पादन गोमेजलाई २१ नम्बरको जर्सी दिएको छ। गोमेजले एण्डरलेच्टका लागि ४० खेलमा ६ गोल गरेका थिए।

यता, युवा डिफेन्डर डेस्टिनी उडोगीलाई टोटनहमले इटालियन क्लब उडिनेस अनुबन्धन गरेको हो। लेफ्ट ब्याक उडोगीक लागि टोनहमले १८ मिलियन युरो खर्चियो ।

टोटनहमसँग ५ वर्षको सम्झौतान गरेका १९ वर्षीय उडोगी यो सिजन लोनमा उडिनेसबाटै खेल्ने छन्। गत सिजनमात्र भेरोनाबाट उडिनेस आएका उनले ३७ लिग खेलमा ५ गोल र ४ असिस्ट गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आयशा बनिन् पहिलो महिला पारातेक्वान्दो प्रशिक्षक
Next post एभर्टन डिफेन्डर मिना २ महिना मैदान बाहिर रहने
Close