प्रिमियर लिग : ब्राइटनमाथि सिटीको सहज जित, किङको ह्याट्रिकमा वाट्फोर्डले एभर्टनलाई हरायो

Read Time:2 Minute

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले ब्राइटनलाई ४–१ले हरायो।

ब्राइटनको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेनले दुई गोल गर्दा इल्के गुन्डोगान र रियाद महरेजले पनि गोल गरे । ब्राइटनका एलेक्सिस म्याक एलिस्टरले गोल गरेका थिए।

१३औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए। २८औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। ३१औं मिनेटमा फोडेनले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–०को अग्रता बनायो ।

८१ औं मिनेटमा ब्राइटनका एलिस्टरले पेनाल्टीबाट एक गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए। सिटीका किपर इडर्सनले ब्राइन्डका स्ट्राइकर इनोक मेपुलाई लडाएपछि उसले पेनाल्टी पाएको थियो। इन्जुरी समयमा महरेजले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए।

यसैगरी, काठमाडौं– वाट्फोर्डले एभर्टनमाथि ५–२ को सानदार जित जिनकालेको छ। जोसुवा किङले ह्याट्रिक पूरा गरेपछि वाट्फोर्डले सानदार जित निकालेको हो।

खेलको तेस्रो मिनेटमा टम डेभिसले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। १३औं मिनेटमा जोसुवाले गोल गर्दै वाट्फोर्डलाई १–१ गोलको बराबरीमा ल्याए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए। ७८औं मिनेटमा जुराज कुकाले गोल गर्दै वाट्फोर्डलाई २–२ को बराबरीमा ल्याए। ८०औं र ८६ औं मिनेटमा जोसुवाले ह्याट्रिक पूरा गर्दा वाट्फोर्डले ४–२ को अग्रता बनायो। इन्जुरी समयमा इमानुयलले गोल गर्दै वाट्फोर्डलाई ५–२ को जित दिलाए।

जितसँगै ९ खेलमा २० अंक जोडेको सिटी लिगको दोस्रो स्थानमा छ भने ब्राइटन १५ अंकका साथ चौथो स्थानमा छ। वाट्फोर्ड १० अंकका साथ १४औं स्थानमा रहँदा एभर्टन भने १४ अंकका साथ आठौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अदिल रसिदको घातक बलिङ, वेस्टइन्डिमाथि इंग्ल्यानडको सानदार जित
Next post बुन्डेसलिगा : डर्टमन्ड र बायर्न विजयी
Close