आर्सनलमाथि सिटीको पुनरमगमन जित

रोड्रीले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार दश खेलाडीमा सीमित आर्सनलमाथि २(१ को पुनरागमन जित हात पारेको छ ।

आर्सनलले घरेलु मैदानमा अग्रता लिएर पनि कायम राख्न सकेन । ३१औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको सिटीले दोस्रो हाफमा दुई गोल फर्कायो ।

५७औं मिनेटमा सिटीका रियाद महारेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । ५९औं मिनेटमा गाब्रिएलले दोहोरो पहेँलो ९रातो० कार्ड पाएपछि आर्सनल दश खेलाडीमा सीमित भयो ।

त्यसपछि इन्जुरी टाइममा रोड्रीले गोल गर्दै सिटीलाई पुनरागमन जित दिलाए ।

जितपछि २१ खेलबाट ५३ अंक जोडेको सिटीले दोस्रो स्थानको चेल्सीमाथि ११ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको चेल्सीको ४२ अंक छ । २० खेलबाट ३५ अंकसहित आर्सनल चौथो स्थानमा छ ।

Facebook Comments Box