चेल्सीमाथि सिटीको जित, शीर्ष स्थानमा १३ अंकको अग्रता

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको लिग लिडर म्यान्चेस्टर सिटी विजयी भएको छ। घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीमाथि १–०को जित निकाल्यो।

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा सिटीलाई जित दिलाउन कप्तान केभिन डे ब्रुयनाले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डे ब्रयनाले ७०औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिाए । उनले जोआ कान्सेलेको पासमा गोल गरेका हुन्।

खेलमा त्यसपछि गोल नहुँदा सिटी विजयी भयो । प्रिमियर लिगमा सिटीको यो लागतार १२औं जित हो ।

खेलमा सिटीले ५६ प्रतिशत बल पोजेसन बनाउँदै १४ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो । यता, चेल्सीले ४ सट प्रहार गर्दा एउटा सटमात्र फ्रेममा थियो।

यो जितसँगै सिटीले शीर्ष स्थानमा १३ अंकको अग्रता कायम गरेको छ। उसले २२ खेलमा ५६ अंक जोड्दा दोस्रो स्थानमा रहेको चेल्सीको ४३ अंक छ।

Facebook Comments Box