सात गोल भएको खेलमा रियलमाथि सिटीको जित

Read Time:2 Minute

म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा रियल म्याड्रिडमाथि एक गोलको झिनो अग्रता लिएको छ । एतिहाडमा भएको सात गोलको रोमाञ्चक खेलमा सिटी ४–३ ले विजयी रह्यो ।

इंग्लिस च्याम्पियन सिटीले १३ पल्टको युरोपेली विजेता रियलमाथि दुईपल्ट दुई गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्नु ठूलो अपसोचको खेल हुन सक्नेछ ।

सिटीका लागि केभिन डे ब्रुएना, ग्याब्रिएल जेसस, फिल फोडेन र फर्नार्डो सिल्भाले गोल गरे । रियलका तर्फबाट भने करिम बेन्जेमाले दुई गोल गरे भने अर्को गोल भिनिसियस जुनियनको नाममा रह्यो ।

खेलको ९० सकेन्डमै रियाद महारेजको पासमा डे ब्रुएनाले सिटीलाई अग्रता दिलाए । यो च्याम्पियन्स लिग सेमिफाइनलको सर्वाधिक छिटो गोल हो। त्यस्तै, ११औं मिनेटमा जेससले गोल गर्दै अग्रता दोब्बर बनाए।

३३औं मिनेटमा रियका लागि बेन्जिमाले गोल गर्दै खेल २–१ गोलको अवस्थामा ल्याए। पहिलो हाफ ३ गोल भएको खेलमा दोस्रो हाफमा थप ४ गोल भयो।५३औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३–१ को बनाए। त्यसको दुई मिनेटमा भिनिसियसले सेन्टरबाट एकल प्रयासमा बल अगाडि बढाउँदै गोल गर्दै रियललाई ३–२ को स्थितिमा फर्काए।

७४औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४–२ गोलको अग्रता दिलाए। ​८२औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४–३ मा ल्याए। बाँकी समयमा दुवैबाट थप गोल हुन सकेन र पहिलो लेगमा सिटीले ४–३ गोलको अग्रता लियो।

अब सेमिफाइलन दोस्रो लेगको खेल मे ४ मा रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post च्याम्पियन्स लिग सेमिफाइनल : स्पेन भर्सेस इंग्ल्यान्ड
Next post नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज जुन ९बाट, पहिलाे खेल ओमानसँग
Close