सिटीका रुबेन डियासलाई फुटबलर अफ दी इयर अवार्ड

इंग्लिस क्लब म्यानचेस्टर सिटीका पोर्चुगिज डिफेन्डर रुबेन डियासले फुटबलर अफ दि इयर अवार्ड जितेका छन्। सिटीलाई प्रिमियर लिग उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका डियासले फुटबल राइटर्स एसोसिएनले हरेक वर्ष प्रदान गर्दै आएको ‘फुटलबर अफ दी इयर’ अवार्ड जितेका हुन्।

यो अवार्ड जित्ने क्रममा डियास आफ्नै टिममेट केभिन डे ब्रयन र टोटनह्यामका ह्यारी केनलाई पछि पारे। उनले जम्मा भोटका प्रतिशत प्राप्त गरेका थिए।

‘एमदमै खुसी छु, यो मेराका ठूलो उपलब्धि हो । यो उपलब्धि हाँसिल गर्न मेरो जति योगदान र मेहनत छ, त्यति नै क्लबका सहकर्मीहरुको पनि छ,’ अवार्ड जितेपछि डियासले भने, ‘टिमले सफलता प्राप्त नगरेको भए, मैले यो उपलब्धि पाउने थिइनँ, त्यसैले टिमलाई सफलता दिलाउने सबै सदस्य यो अवार्डको हकदार छन् ।’

यो अवार्ड जित्ने दोस्रो डिफेन्डर हुन् । यअसघि लिभरपुलका स्टिभ निकोलले १९८९ मा यस अवार्ड जितेका थिए ।

२४ वर्षीय डियास पहिलो सिजन नै यो अवार्ड जित्ने तेस्रो खलाडी हुन् । यसअघि पहिलो सिजन नै यो अवार्ड सन् १९९५ मा जर्गेन क्लिन्सम्यान र गियनफ्रन्को जोलाले सन् १९९७मा जितेका थिए ।

अघिल्लो सिजन यो अवार्ड लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले जितेका थिए।

डियसा सिजनको सुरुवातमा बेन्फिकाबाट ६५ मिलियन युरोपमा सिटी आएका थिए । यो सिजन सिटीले प्रिमियर लिगमा ३७ खेलमा ३२ गोल मात्र खाएको छ।

Facebook Comments Box