स्पोर्टिङ सिपीसँग रोकिए पनि म्यान्चेस्टर सिटी अन्तिम ८मा

Read Time:1 Minute

इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा ५–० को जित निकाल्दै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो।

सिटीले पहिलो लेगमा ५–० को अवे जित निकालेको थियो । इतिहाद स्टेडियममा सिटीले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि गोल भने गर्न सकेन।

खेलको ४७औं मिनेटमा गाब्रियल जेससले गोल गरेपनि भिएआरले मान्यता नपाउँदा सिटी अग्रता लिनबाट चुक्यो । जिनचेन्कोको क्रसमा रियाद महारेजको प्रयास ब्लक हुँदा जेससले जाली चुमाएपनि उनी अफसाइड ठहरिए। त्यसपछि स्पोर्टिङले सिटीको तुलनामा केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रोमाञ्चक खेलमा बेन्जिमाको ह्याट्रिक, पिएसजीलाई हराउँदै रियल अन्तिम ८मा
Next post ४ खेलाडीको अर्धशतकमा नेपालले दियो श्रीलंकन पुलिसलार्य ३३२ रनको लक्ष्य
Close