म्यान्चेस्टर सिटीको विजयी सुरुवात

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा वुल्भ्सलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटीले लिगमा विजयी सुरुवात गरेको हो ।

लिगको पहिलो खेलमा खेलमा सिटीलाई जित दिलान केभिन डे ब्रुएन, फिल फोडेन र ग्याब्रियल जेसुसले गोल गरे । सिटीले पहिलो हाफमा २ र दोस्रो हाफा १ गोल गरेको थियो ।

२०औं मिनेटमा डे बु्रएनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । वुल्भ्सका डिफेन्डरले डे ब्रुएनलाई नै डिबक्समा लगाएपछि सिटीले पेनाल्टी पाएको थियो । ३२औं मिनेटमा रहिम स्टर्लिङको पासमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

पहिलो हाफ २–०मै सकियो । ७८औं मिनटमा राहुल जिमिनेजले गोल गर्दै गोल गर्दै वुल्भसलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, इन्जुरी समयमा जेसुसले डे ब्रएनको पासमा गोल गर्दै सिटीलाई ३–१को जित दिलाए ।

यो जितसँगै सिटीले प्रिमियरमा लगातार १० सिजन पहिलो खेल जित्यो । यस्तै, वुल्भ्सले पछिल्ला ४ प्रिमियर लिग खेलमा २ जित र २ हारको सामाना गरेको छ । त्यसअघि उ लागतार १० खेलमा अपराजित थियो ।

लिगकै अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ । भिल्लाका लागि कोन्सा एनगाले ६३औं मिनेटमा निर्णायक गोल गरे । १२औं मिनेटमा जोन एगानले रो कार्ड पाएपछि शेफिल्ड १० खेलाडीमा झरेको थियो ।

३६औं मिनेटमा शेफिल्डले पेनाल्टी पाएको थियो । तर जोन लुन्डस्ट्रामको पेनाल्टी प्रहार भिल्लाका नयाँ गोलकिपर एमीलियानो मार्टेनजले बचाए । उनी केही दिनअघि मात्र आर्सनलबाट भिल्ला पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP