म्यान्चेस्टर सिटीमाथिको प्रतिबन्ध खारेज

इंगलिस क्लब म्यानचेष्टर सिटीमाथि लागेको २ वर्षको प्रतिबन्ध खारेज भएको छ । युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले प्रतिबन्ध लगाएपछि सिटीले गरेको अपिलमा फैसला गर्दै कोर्ट अफ आर्बिटेसन फर स्पोट्र्स (कास) ले प्रतिबन्ध खारेज गरिदिएको हो ।

सोमबार भएको सुनुवाइपछि कासले पर्याप्त प्रमाण नपुगेको भन्दै सिटीमाथिको प्रतिबन्ध खारेज गरिदिएको हो । यसले सिटीलाई ठूलो राहत मिलेको छ भने युरोपियन क्लब प्रतियोगिता खेल्ने बाटोसमेत खुलेको छ ।

गत फेब्रुअरी सिटीमाथि युइएफएले दुई वर्ष प्रतिबन्ध लगाएपछि सिटीले कासमा प्रतिबन्धविरुद्ध अपिल गरेको थियो । सिटीको पक्षमा फैसला भएपनि सिटीले १० मिलियन युरो भने तिर्नुपर्ने छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले क्लब इजाजत तथा आर्थिक पारदर्शिता सम्बन्धी नियमको गम्भीर उल्लंघन गरेको भन्दै सिटीलाई दुई वर्ष प्रतिबन्ध गरेको थियो । साथै ३० मिलियन युरो जरिमानासमेत लगाको थियो ।

सन् २०१२ देखि २०१६ सम्म प्रायोजनबाट क्लबले पाएको आम्दनीको सही जानकारी नदिएको र अनुसन्धानमासमेत असहयोग गरेको युइएफपिएले सिटीमाथि आरोप लगाएको थियो ।

फुटबल लिक्सले सिटीको गोप्य डकुमेन्टहरू सर्वाजनिक गरेको थियो । साथै जर्मन म्यागाजिन डेर स्पिएगेलले सिटीको आन्तरिक इमेलमा प्रकाशित गरेपछि आयको वास्तविक स्रोत स्पस्ट नखुलाएको र त्यसलाई लुकाउन विभिन्न प्रपन्च रचेको भन्दै युइएफएले सिटीमाथि अनुसन्धान थालेको थियो ।

ती डकुमन्टे सर्वाजनिक भएपछि सिटीले एक विज्ञप्ति जारी गर्दै ‘यो सबै निराधार हो । सिटी फुटबल ग्रुपको डाटाबेस ह्याक गरेर जेजति सामाग्री बाहिर ल्याइएका छन्, ती विषयमा क्लब कुनै प्रतिक्रिया जनाउन चाहँदैन । यो सांगठनिक रुपमा योजनाबद्ध तवरले क्लबको प्रतिष्ठामा आँच ल्याउन गरिएको षड्यन्त्र हो,’ भनेको थियो ।

युइएफएले प्रतिबन्ध लगाएपछि प्रशिक्षक पेप ग्वार्डिओलाले पनि आफूहरुलाई फसाइएको भन्दै सफाई पाउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP