शीर्ष स्थानमा सिटीलाई १२ अंकको अग्रता

Read Time:1 Minute

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्ड्लाई २-० ले पराजित गरेको हो ।

यो जितसँगै सिटीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ । सिटीको २४ खेलमा ६० अंक छ भने दुई खेल कम खेलेको लिभरपुलको ४८ अंक छ ।

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा सिटीका लागि रियाद माहरेज र केभिन डि ब्रुएनाले गोल गरे ।

खेलको ४०औं मिनेटमा माहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । म्याड्स रोएरस्लभले रहिम स्टरलिङलाई फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो र त्यसमा माहरेजले गोल गरे । ६९औं मिनेटमा ब्रुएनाले सिटीका लागि दोस्रो गोल गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चेल्सी क्लब विश्वकपको फाइनलमा, पाल्मिरससँग खेल्ने
Next post साउथह्याम्पटनसँग घरमै हार्‍यो टोटनहम
Close