न्युकासलमाथि म्यान्चेस्टर सिटीको सानदार जित

प्रिमियर लिगमा म्यानचेष्टर सिटीले सानदार जित हात पारेको छ । बुधबार राति घरेलु मैदानमा सिटीले न्यूकासल युनाइटेडलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीको सहज जितमा चार फरक खेलाडीले गोल गरे भने एक गोल उपहार पाएको थियो । सिटीले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो ।

गाब्रिएल जेससले १०औं मिनेटमा सिटीलाई अग्रता दिलाए भने २१औं मिनेटमा रियाद महारेजले अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा न्यूकासलका फर्नान्डेजले आत्मघाती गोल गर्दा सिटीले ३–० को अग्रता बनायो । ६५औं मिनेटमा डेभिड शिल्भा र इन्जुरी टाइममा रहिम स्टर्लिङले गोल गरेपछि सिटीले फराकिलो जित हात पारेको हो ।

जितपछि ३४ खेलबाट ६९ अंक जोडेको सिटी दोस्रो स्थानमा यथावत छ । समान खेलबाट ४३ अंकसहित न्यूकासल १३औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.