म्यान्चेस्टर सिटीको जितको यात्रामा पूर्णविराम, साउथह्याम्पटनसँग रोकियो

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको १२ खेलको जित यात्रामा शनिबार पूर्णविराम लागेको छ । सिटीलाई साउथह्याम्पटनले १–१ को बराबरीमा रोकेको हो । उसका लागि आयमेरिक लापोर्टेले बराबरी गोल फर्काए ।

यसअघि सेन्ट मेरिजमा भएको खेलमा साउथह्याम्पटनले केली वाल्करको गोलले अग्रता लिएको थियो । वाल्करको माथिल्लो डिभिजनमा यो पहिलो गोल हो । दोस्रो हाफमा डिफेन्डर लापोर्टेले बराबरी गोल गरेका हुन् ।

सिटी ५७ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ र यो दोस्रो स्थानमा रहेको लिभरपुलमाथि १२ अंकको अग्रता हो । सिटीको तुलनामा लिभरपुलले दुई खेल भने कम खेलेको छ ।

साउथह्याम्पटन भने २५ अंकमा १२औं स्थानमा छ । शनिबारकै अन्य खेलमा उल्भ्सले ब्रेन्टफोर्डलाई २(१, न्युकासल युनाइटेडले लिड्सलाई १–० र म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई १–० ले हरायो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एभर्टनमाथि भिल्लाको जित
Next post महिला हक्कीको उपाधि आर्मीलाई
Close