फुलहमसँग रोकियो म्यान्चेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेड रेलिगेसनमा परिसकेको फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

१५औं मिनेटमै एडिन्सन काभानीकोे गोलमा युनाइटेडले अग्रता बनाएको थियो। पहिलो हाफ १–०मै सकियो । तर, खेलको ७६ औं मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा फर्काए।

खेलमा ५८ प्रतिशत बल पोजेसन बनाउनँदै युनाइटेडले फुलहमको पोस्टमा १३ सट प्रहार गरेको थियो, जसमध्ये ६ सट फ्रेममा थियो । यता, फुलहमले ८ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो ।

बराबरीसँगै ३७ खेलमा ७१ अंकसहित युनाइटेड दोस्रो स्थानमा यथावत् छ। रेलिगेसनमा परिसेको फुलहम भने २८ अंकका साथ १८औं स्थानमा छ।

यसैगरी मंगलबार राति नै भएको अर्को खेलमा लिड्सले साउथह्याम्पटलाई २–०ले हरायो । उसका लागि प्याट्रिक बामफोर्ड र टेलर रोबेर्टसले गोल गरेका थिए।

Facebook Comments Box