युनाइटेड विजयी, रोकियो आर्सनल

मासोन ग्रीनउडको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा जित निकालेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ग्रीनउडको दुई गोल मद्दतमा बर्नलीलाई ३–१ ले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर ५०औं मिनेटमा जेम्स टार्कोस्कीले बर्नलीका लागि बराबरी गोल फर्काए ।

८४औं मनेटमा ग्रीनउडले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले २(१ को अग्रता बनायो । इन्जुरी टाइममा वैद्यक्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कभानीले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरेका थिए । उनी फ्रेडको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

यस्तै प्रिमियर लिगकै अर्को खेलमा आर्सनल भने बराबरीमा रोकिएको छ । आइतबार राति नै भएको खेलमा आर्सनलले अन्तिम समयमा गोल गरेपछि फुलहमसँग १–१ गोलको बराबरी खेलेको हो ।

आर्सनलको घरेलु मैदानमा जोस माजाले ५९औं मिनेटमा गोल गर्दै पुलहमलाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइमको सातौं मिनेटमा एडवार्ड एकेथिहले आर्सनलको लागि बराबरी गोल गर्दै फुलहमलाई जितबाट रोके ।

जितपछि ३२ खेलबाट ६६ अंक जोडेको दोस्रो स्थानको युनाइटेडले शीर्ष स्थानको मयानचेष्टर सिटीसँग अंकदूरी ८ मा झारेको छ । समान खेलबाट सिटीको ७४ अंक छ । ३२ खेलबाट ४६ अंकसहित आर्सनल नवौं स्थानमा छ । रेलिगेसन जोनमा रहेको फुलहम ३३ खेलबाट २७ अंकसहित १८औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.