युरोपा लिग : रास्फोर्ड र फर्नान्डेसको गोलमा युनायटेड विजयी, रोकियो आर्सनल
युरोपा लिग फुटबलको क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले विजयी हुँदा अर्को इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ।
बिहीबार राति भएको खेलमा मार्कस रास्फोर्ड र ब्रुनो फर्नान्डेले गोल गरेपछि युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई २–०ले हरायो भने आर्सनले स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकियो।
बिहीबार राति ग्रानडाको मैदानमा भएको खेलमा युनाइटेडका लागि मार्कस रास्फोर्ड र ब्रुनो फर्नान्डेसले एक गोल गरे । खेलको ३१ औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गरेपछि युनाइटेडलाई २–०ले विजयी भयो।
यता, अर्को इंग्लिस क्लब आर्सनल भने बराबरीमै रोकियो । बिहीबार राति भएको खेलमा आर्सनल चेक रिपब्लिकको स्लाभिया प्रागसँग १–१को बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता बनाए पनि आर्सनलले त्यसलाई जोगाउन सकेन । ८६ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा स्लाभियाका टोमस होल्सले गोल गरेपछि आर्सनल जितबाट बञ्चित भयो ।
क्वार्टरफाइनलको दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।