एट्लेटिको र युनाइटेडले खेले बराबरी

Read Time:2 Minute

च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब एटलेटिको मड्रिडले बराबरी खेलेका छन्। बुधबार राति स्टाडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा युनाइटेड र एट्लेटिकोले १–१ को बराबरी खेलेका हुन्।

खेलका एट्लेटिकोका जोआ फेलिक्स र युनाइटेडका एन्थोनी एलांगाले गोल गरेका थिए । खेलको दुवै हाफमा समान १ गोल भएको थियो।

जाओ फेलिक्सले रेनान लोडीको पासमा गोल गर्दै सातौं मिनेटमा एट्लेटिकोलाई अग्रता दिलाए थिए । तर अन्तिममा यो अग्रता कायम राख्न सकेन । दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एन्थोनी एलांगाले ८०औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै खेललार्य बराबरीमा ल्याए।

यस्तै, अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच क्लब आयाक्सले पनि बराबरी खेले । बुधबार राति भएकको खेलमा यी दुई क्लबले २–२ गोलको बराबरी खेलेका हुन्।

बेनफिकाको मैदानमा आयाक्सले दई पटक अग्रता बनाएपनि त्यसलाई कायम राख्न नसक्दा बराबरी खेल्न बाध्य भयो । आयाक्सका लागि डुसान टाडिच र सेबास्टियन हलरले गोल गरे भने बेन्फिकाका रोमन यारेकचुकले एक गोल गरे भने अर्को गोल हेलरले आत्मघाती गोल गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लामा टेन्डी स्मृति बास्केटबल महिलातर्फ उपाधिका लागि प्रहरी र रोयल भिड्ने
Next post लिड्सको पोस्टमा लिभरपुलको गोलको वर्षा, सिटीसँगको दुरी ३ अंमा झर्‍यो
Close