रोनाल्डो र फर्नान्डेसको गोलमा युनाइटेड विजयी

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। पोर्चुगिज खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २–० ले हरायो।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै ब्रुनोले इन्जुरी टाइमको सातौँ मिनेटमा पउल पोग्वाको पासमा गोल गरे ।

जितपछि २५ खेलबाट ४३ अंक जोड्दै युनाइटेड चौथो स्थानमा उक्लिएको छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौँ स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसी पेनाल्टीमा चुके, एम्बापेले रियलविरुद्ध पिएसजीलाई जिताए
Next post बी डिभिजन लिग फागुन १८ देखि हुने
Close