रास्फोर्डको गोलमा युनाइटेडको जित

Read Time:1 Minute

मार्कस रास्फोर्डले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएपछि एफ एकपमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। शुक्रबार राति भएको खेलमा युनाइटेडले एभर्टनमाथि ३–१ को जित निकाल्यो।

युनाइटेडको जितमा रासफोर्ड र एन्टोनीले गोल गर्दा एक गोल आत्मघाती भएको थियो। एभर्टनका लागि कोनर कोडीले गोल गरेका थिए ।

चौथौ मिनेटमा नै एन्टोनीको गोलमा युनाइटेडले सुरुआती अग्रता लियो। तर, उसको अग्रता १० मिनेटभन्दा बढी टिकेन। १४औं मिनेटमा कोडीले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए।

पहिलो हाफ १–१ कै बराबरीमा सकियो। दोस्रो हाफको सुरुआतमा युनाइटेडले अग्रता लियो। ५२औं मिनेटमा कोडीले नै आफ्नै पोस्टमा गोल गरेपछि युनाइटेडले अग्रता लिएको थियो।

त्यसपछि इन्जुरी समयमा रासफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई ३–१को जित दिलाए।

योसँगै रासफोर्डले लगातार ५ खेलमा गोल गर्न सफल भए। उनी करियरमा लगातार पाँच खेलमा गोल गरेको यो पहिलो अवसर हो।

युनाइटेड सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये १० खेलमा विजयी रहेको छ । अब युनाइटेडले इएफएल कपको क्वार्टरफाइनलमा चार्लटनको सामना गर्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विराटनगरसँग पराजित हुँदै बाहिरियो फार वेस्ट, विराटनगरको प्लेअफ सम्भावना कायमै
Next post आहा–रारा पोखरा गोल्डकपको फाइनल आज, संकटा र भुटानिज क्लब भिड्दै
Close