इपिएलः चेल्सी र युनाइटेडले खेले बराबरी, बर्नेलीमाथि टोटनह्यामको सानदार जित

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन्। आइतबार राति भएको खेलमा घरेलु टिम चेल्सीले दोस्रो स्थानको युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको हो।

युनाइटेडविरुद्ध तुलनात्मक रुपमा घरेलु टिम चेल्सीले राम्रो खेल्यो। १८ पटक युनाइटेडको पोष्टमा प्रहार गरेको चेल्सीले गोल गर्न नसक्दा बराबरी खेलेको हो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा पनि बराबरी खेल्दै अंक बाँडेको हो।

अर्को खेलमा टोटनह्यामले बर्नेलीमाथि ४–०को सहज जित निकाल्यो। टोटनह्यामको जितमा ग्यारेथ बेलले दुई गोल गर्दा ह्यारी केन र लुकास माउराले १–१ गोल थपे।

दोस्रो मिनेटमा नै बेलले गोल गर्दै घरेलु टिम टोटनह्यामलाई अग्रता दिलाए। केनले १५ र लुकासले ३१ औं मिनेटमा गोल गरेपछि टोटनह्यामले बर्नेलीविरुद्ध पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको थियो। ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेलले टोटनह्यामलाई ४–० को जित दिलाए।

म्यानचेस्टर युनाइटेड र चेल्सीको बराबरीले प्रत्यक्ष फाइदा भने लिग लिडर म्यानचेस्टर सिटीलाई पुगेको छ। लिगको शीर्ष स्थानमा रहेको सिटीको २६ खेलबाट ६२ अंक हुँदा दोस्रो स्थानमा रहेको युनाइटेडको भने २६ खेलबाट ५० अंक भएको छ।

पाँचौं स्थानमा रहेको चेल्सीको भने २६ खेलबाट ४४ अंक छ। बर्नलीलाई फराकिलो अन्तरले हराएको टोटनह्यामको जितसँगै २५ खेलबाट ३९ अंक भएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.