क्रिस्टल प्यालेसका डिफेन्डर विसाका युनाइटेडमा

अघिल्लो सिजन खराब प्रदर्शन गरेको इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले डिफेन्डर आरोन वान विसाकालाई अनुबन्धन गरेको छ । क्रिस्टल प्यालेसमा अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका विसकालाई ५० मिलियन युरोमा क्लबमा अनुबन्धन गरेको हो ।

क्रिस्टल प्यालेका एकेडेमीका उत्पादन विसाकालाई युनाइटेडले प्रतिसाता ९० हजार युरो दिने छ । विसाका इंग्ल्यान्डका यू–२१ टिमका सदस्य हुन् । उनले सन् २०१७ मा क्रिस्टल प्यालेसको सिनियर टिमा डेब्यू गरेका थिए ।

सन् २००९ मा क्रिस्टल प्यालेसको एकेडेमी आबद्ध भएका विसाकाले सिनियर टिममा २ सिजन बिताउँदा ४६ खेल खेलेका छन् । विसाकासँगै क्रिस्टल प्यालेसकै स्ट्राइकर विलफ्रिड जाहा पनि युनाइटेडले क्लबमा ल्याउन खोजिरहेको छ ।

विसाका युनाइटेडले यो सिजन अनुबन्धन गरेको दोस्रो खेलाडी हुन् । यसअघि युनाइटेडले स्वान्सी सिटीका ड्यानिअल जेम्सलाई अनुबन्धन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP