एएफसी कप : घरेलु मैदानमै हार्‍यो मनाङ

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब एएफसी कप फुटबल प्रतियोगिताको समूह चरणको पहिलो खेलमा घरेलु मैदानमा पराजित भएको छ ।

एएफसी कपको समूह इको पहिलो खेलमा मनाङ एन्फा कम्प्लेक्स मैदानम भएको खेलमा बंगलादेशको अबहानी लिमिडेटसँग १–० को झिनो अन्तरले पराजित भएको हो ।

अबहानीलाई जित दिलाउन मासिया साइघानीले निर्णायक गोल गरेका थिए । उनले पहिलो हाफकोे २७ औं मिनेटमा हेड गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि कुनै गोल हुन नसक्दा साइघानीको सोही गोल निर्णयक बन्यो ।

खेलको अधिकांश सयम अबहानीलाई दबाबमा राखेले पनि मनाङले खेलमा कुनै गोल गर्न सकेन । मनाङका केही उत्कृष्ट प्रहारलाई अबहानीका गोल गोलरक्षकले बचाउ गरेका थिए ।

अबहानीका गोलरक्षक साहीदुल अलामले छैठौं मिनेटमा विराल राई र १३ औं मिनेटमा अन्जन विष्टको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए । यस्तै ७६ औं मिनेटमा एडेलाजा सोमीडेको प्रहारलाई किपर साहीदुलले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए ।

होम एण्ड अवेका आधारमा हुने प्रतियोगितामा नेपालको मनाङ समूह इ मा छ । कुल ३६ टिम सहभागी प्रतियोगिताको मनाङ रहेको समूह इमा भारतको मिनेर्भा पञ्जाव, बंगलादशको अबहानी लिमिटेडसँगै भारतकै चेन्नई एफसी पनि छ ।

अब मनाङले १७ अप्रिलमा चेन्नईसँग उसकै मैदानमा खेल्ने छ भने १ मेमा भारतको मिनेर्भा पञ्जावसँग कलिंगा रंगशाला भुवनेश्वरमा खेल्ने छ । १५ मेमा मनाङले एन्फा कम्प्लेक्स मैदानमा मिनेर्भासँग खेल्ने छ ।

यस्तै १९ जुनमा मनाङले पाचौं खेल खेल्ने अबहानी लिमेटेडको मैदान बंगबन्धु रंगशालामा खेल्ने छ । मनाङले समूहको अन्तिम खेल एन्फा कम्प्लेक्स मैदानमा दक्षिण एसियाको प्ले अफबाट आउने टिमसँग २६ जुनमा खेल्ने छन् ।

होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । प्ले अफमा समूह ’इ’ को विजेतासहित समूह ’डी’, ’आइ’ र आसियान क्षेत्रको विजेताले खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP