आहा रारा गोल्डकप : अन्जनको गोलमा मनाङ सेमिफाइनलमा

राष्ट्रिय टिमका मिडफिल्डर अन्जन विष्टको निर्णायक गोलको मद्दतमा झापा ११लाई पराजित गर्र्दै ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार पोखरा रंगशालामा भएको खेलमा झापा ११ लाई १–० ले हराउँदै मनाङ १८औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ७५औं मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो । दयानन्द सिंहले दिएको पासलाई डिबक्सभित्रबाट अन्जनले गोल गरेका थिए ।

२७ गते हुने खेलमा मनाङ त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको बिजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । मनाङ बाइ पाएर सिधै क्वाटरफाइनलमा प्रतिस्पर्धा गरेको हो भने झापाले प्रि–क्वाटरफाइनलमा एपिएफलाई टाइ ब्रेकरमा पराजित गर्दै मनाङसँग खेल खेलेको थियो ।

क्याराभान गोल्डकप नामबाट सुरु भएको मोफसलकै ठूलो मानिने यस प्रतियोगिताको पहिलो ऐतिहासिक खेल सहारा क्लब र नक्साल युथ मण्डलबीच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP