मनाङलाई केटिएम सिटीको प्रयोजन

नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीलाई शेर्पा आउटडोर प्रालिको केटीएम सिटीले प्रायोजन गरेको छ। कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङलाई केटिएम सिटीले जर्सी प्रायोजन गरेको छ।

मनाङले शेर्पा आउटडोरसँग दुई वर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा बिहीबार मनाङका अध्यक्ष मुखिया गुरुङ र शेर्पा आउटडोरका सिईओ निमा नोर्बु शेर्पाले हस्ताक्षर गरे।

सम्झौतासँगै केटीएम सिटी मनाङको किट्स पार्टनरको रुपमा रहनेछ । आगामी ए डिभिजन लिगमा मनाङले केटीएम सिटीको जर्सी लगाउने छ। आधिकारिक जर्सीहरु केटीएम सिटीले बिक्री वितरण गर्न पाउने छ ।

Facebook Comments Box