मनाङ मर्स्याङ्दीलाई टोयोटाको साथ

Read Time:1 Minute

नेपाली फुटबलको सबैभन्दा सफल क्लब मनाङ मर्स्याङ्दीलाई टोयोटा नेपालले प्रायोजन गरेको छ। टोयोटाले मनाङलाई २ वर्षका लागि प्रायोजन गरेको हो। यसअघि दुई सिजन मनाङलाई नेपाल आयल निगमले प्रायोजन गरेको थियो।

मनाङलाई टोयोटाको नेपलाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेड मोटर्सले प्रायोजन गरेको हो। एक कार्यक्रमबीच सम्क्रौता पत्रमा मनाङका महासचिव तेञ्जिङ गुरुङ र युनाइटेड ट्रेड मोटर्सका विजनेश रिसर्च एनालिस्ट सूर्यांश वैद्यले हस्ताक्षर गरे।

युनाइटेड ट्रेड मोटर्सले मनाङलाई प्रायोजन वापत वार्षिक १० लाख रुपैयाँ उपलब्ध गराउने छ भने मनाङले आफ्नो जर्सीमा टोयोटाको लोगो प्रयोग गर्नेछ।

कार्यक्रमा युनाइटेड ट्रेड मोटर्सका अध्यक्ष सुरज वैद्यले खेलकुदमा आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदमार्फत देशलाई विश्वमा चिलाउन सकिने बताए। यस्तै, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ठूला व्यपारिक घरना फुटबलमा जोडिनु खुसीको कुरा भएको बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इपिएलका लागि चिवतनले भित्र्यायो मलेसियाका विरनदीप
Next post राजस्थानले भित्र्यायो टि–२० क्रिकेटका नम्बर एक बलर, जर्ज ग्रान्टोन बैंग्लोरमा
Close