मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाउने

नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीले पोखरा रंगशालालाई घरेलु मैदानमा रुममा प्रयोग गर्ने भएको छ। पोखरा रंगशालालाई घरेलु मैदानमा रुपमा प्रयोग गर्न राष्ट्रिय खेलकुद परिषद्ले मनाङलाई सहमति दिएको छ।

मनाङलााई राखेपले सहमति दिएसँग मोफसलमा जाने पहिलो क्लब बनेको छ। काठमाडौंलाई आधार बनाएर फुटबलमा लगानी गरिरहेको मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्ने प्रयास थालेको हो ।

राखेपले सहमति दिएसँगै मनाङले पोखरा रंगशाला सम्झौता गर्ने तयारी गरेको छ । मनाङले सुरुमा ५ वर्ष घरेलु मैदानका रुपमा प्रयोग गर्न पोखरा रंगशालासँग सम्झौता गर्ने तयारी गरेको छ।

Facebook Comments Box