मनाङले भित्र्यायो वेस्टह्याममा खेलेका पोर्चुगिज डिफेन्डर

नेपाली क्लब फुटबलको सबैभन्दा सफल क्लब मनाङ मर्स्याङ्दीले युरोपियन फुटबलमा जमेका पोर्चुगिज डिफेन्डरलाई अनुबन्धन गरेको छ। मनाङले आसन्न ए डिभिजन लिगका लागि इंग्लिस प्रिमियर लिग क्लब वेस्टह्याममा उमेर समूहको टिममा रहेका पोर्चगिज डिफेन्डर विल कार्भाल्होलाई अनुबन्धन गरेको हो।

मनाङले २२ वर्षीय डिफेन्डर कार्भाल्होलाई पोल्यान्डको क्लब लाडा बिलगोरजबाट अनुबन्धन गरेको हो । उनले वेस्टह्यामको यू–२३ टिमबाट खेलेका थिए। मनाङले ए डिभिजन लिग र राष्ट्रिय लिगका लागि उनलाई अनुबन्धन गरेको हो।

कार्भाल्हो पोर्चुगिज क्लब बेन्फिकाका उत्पादन हुन् । त्यसहाँबाट उनी वेस्टह्याम पुगेका थिए । उनले इंग्ल्यान्डकै अर्को क्लब एफसी डिपोर्टिभो गालिसियाबाट पनि खेलेका छन्।

Facebook Comments Box