राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ। बुधबार च्यासल मैदानमा भएको खेलमा एनआरटीले मनाङ मर्स्याङ्दीमाथि १–०को जित निकाल्यो।
प्रतिस्पर्धात्मक बनेको खेलमा एनआरटीलाई जित दिलाउन दिपेश आलेमगरले गोल गरे। उनले १७औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेपछि एनआरटी विजयी भयो।
लिगमा आठौं जित निकालेको एनआरटी ३३ अंकसहित मनाङलाई नै पछि पार्र्दै छैठौं स्थानमा उक्लिएको छ। मनाङ भने ३२ अंकसहित सातौं स्थानमा झरेको छ।