मनाङले जित्यो खप्तड गोल्डकप, शिशिर सर्वोत्कृष्ट

Read Time:1 Minute

पाचौं संस्करणको खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबमाथि ३–१को जित निकाल्दै मनाङले उपाधि जितेको हो।

खेलमा मनाङका दिनेश राजवंशी, ओलावाले हाफिज र मौसा अवागानाले गोल गरे भने फ्रेन्ड्सका फ्रान्स्वाँले गोल गरेका थिए।

२२औं मिनेटमा दिनेश राजवंशीको गोलमा मनाङले अग्रता लियो । उनले ३० यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन्। दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले बराबरी गोल फर्कायो । ५१औं मिनेटमा उसका फ्रान्स्वाँले गोल गरेका थिए। खेलको १७औं मिनेटमै प्राप्त पेनाल्टीमा फ्रान्स्वाँ गोल गर्न असफल हुँदा फ्रेन्ड्सले अग्रता लिने अवसर गुमाएको थियो।

७१औं मिनेटमा ओलावाले हाफिज गोल गर्दै मनाङलाई खेलमा पुनः अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा मौसा अवागानाले गोल गर्दै मनाङलाई ३–१को जित दिलाए।

खेलको ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको फ्रेन्ड्सले १० लाख रुपैयाँ पायो । मनाङ रुपेश केसी सर्वोत्कृष्ट खेलाडी बने । उनले १ लाख रुपैयाँ प्राप्त गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ला लिडामा एट्लेटिको जित, तेस्रो स्थानमा उक्लियो
Next post झापा ११ झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने
Close