मनाङले पोखरामा एकेडेमी चलाउने

नेपाली क्लब फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीले पोखरामा एकेडेमी चलाउने भएको छ। पोखरा रंगशलामालाई होम ग्राउण्डका रुपमा प्रयोग गर्ने निर्णय गरिसकेको मनाङले पोखरामा एकेडेमी सञ्चालन गर्नका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग ६ वर्षको सम्झौता गरेको छ।

एकेडेमी सञ्चालनका लागि सम्झौता गर्ने मनाङ समग्रमा सातौं र विभागीय बाहेकको चौथो क्लब बनेको छ । यसअघि नै संकटा, एनआरटी र सातदोबाटो युवा क्लबले एकेडेमी सञ्चालनका लागि विभिन्न स्कुलसँग सम्झौता गरिसकेका छन्।

एकेडेमी सञ्चालनका लागि नेपाल आदर्श आवासीय विद्यालय, मनाङ, एन्फा र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा मनाङका उपाध्यक्ष कर्मा छिरिङ गुरुङ, आदर्श आवासीय विद्यालयका प्रिन्सिपल कमल गुरुङ र एन्फा उपाध्यक्ष तथा ग्रासरुट एण्ड युथ कोअर्डिनेटर उपेन्द्रमान सिंहले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलबाट ७र७ गरी कुल १४ खेलाडी हुनेछन् । दोस्रो वर्ष क्लबबाट १४ खेलाडी रहनेछन् र कुल २१ खेलाडी हुनेछ ।

Facebook Comments Box