सिटीको उपाधि पर्खाइ अझै लम्बियो, चेल्सीसँग २–१ले पराजित

प्रिमियर लिगको उपाधि नजिक रहेको म्यानचेष्टर सिटीको पर्खाइ अझै लम्बिएको छ। प्रियिमर लिगअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीसाग चेल्सीसँग २–१ पराजित भएपछि सिटीको उपाधि पर्खाइ लम्बिएको हो।

घरेलु मैदानमा चेल्सलाई हराउँदै सिटीलाई ३ खेल अगावै उपाधि जित्‍ने अवसर थियो । तर सिटीले पहिले अग्रता लिएर पनि जोगाउन सकेन भने अग्रता लिइरहेको अवस्थामा सर्जियो अगुएरोले पेनाल्टी समेत गुमाए ।

चेल्सीलाई पुनरागमन जित दिलाउन हाकीम जियाच र मार्कोस अलोन्सोले दोस्रो हाफमा गोल गरे । खेलको ४४ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा सिटीले अग्रता दोब्बर बनाउने मौका पाएपनि सदुपयोग गर्न सकेन । अगुएरोको प्रहार चेल्सीका गोलकिपर एडुवार्ड मेन्डीले बचाए ।

खेलको ६३ औं मिनेटमा चेल्सीका हाकिम जिएचले गोल गर्दै खेल बराबरी गरे । निर्धारित समयम बराबरी भएपनि इन्जुरी टाइमको दोस्रो मिनेटमा अलोन्सोले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।

हारपछि पनि सिटी ३५ खेलबाट ८० अंकसहित शीर्ष स्थानमै छ। सिटीलाई उपाधि जित्न ३ अंक आवश्यक छ। उता चेल्सीले ३५ खेलबाट ६४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ, र च्यापियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ।

Facebook Comments Box