म्यान्चेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले बर्नेमाउथलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्याब्रिअल जेसुसले गोल गरे । बोर्नेमाउथका डेभिड ब्रुक्सले गोल गरेका थिए । सिटीले पहिलो हाफमै २–०को अग्रता लिएको थियो ।

छैटौं मिनेटमा सिल्भाको गोलमा सिटीले अग्रता लियो । उनले डिबक्सको बायाँ कर्नरबाट प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । ३९औं मिनेटमा जेसुसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ८८औं मिनेटमा डेभिड ब्रुक्सले गोल गर्दै खेललाई २–१को अवस्थामा ल्याए । त्यसपछि कुनै गोल नहुँदा सिटी विजयी भयो ।

जितपछि ३६ खेलबाट ७५ अंक जोडेको छ । सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी १८ मा झारेको छ । ३६ खेलबाट ३१ अंक रहेको बर्नेमाउथ रेलिगेसन जोनमै छ र पुछारबाट तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP