म्यान्चेस्टर सिटी एफकपको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको क्वाटरफाइनलमा एभर्टनलाई २–० ले हराउँदै सिटी सेमिफाइनलमा पुगेको हो।

सिटीको जितमा जितमा इल्के गुन्डोगान र केभिन डे ब्रुयनले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सिटीले खेलको अन्त्यतिर दुवै गोल गरेको थियो।

खेलको ८४औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाए। ९० औं मिनेटमा डे ब्रुयनले गोल गरेपछि सिटीले एभर्टनविरुद्ध २–० गोलको जित निकाल्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो।

खेलमा ७५ प्रतिशत बल पोजेसन बनाएको सिटीले एभर्टनको पोस्टमा १६ सट प्रहार गरेको थियो, त्यसमध्ये ६ सट फ्रेममा थियो । यता, एभर्टनले १० सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो। सिटी लगातार सातौं पटक एफकपको सेमिफाइनलमा पुगेको हो।

त्यस्तै, बर्नमाउथलाई ३–०ले हराउँदै साउथह्याम्पटन पनि सेमिफाइनलमा पुगेको छ। पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै साउथह्याम्पटनले बर्नमाउथलाई हराएको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.