सिटीले आर्सनललाई हरायो, रोकियो चेल्सी

इंग्लिस प्रियिमर लिग अन्तर्गत शनिबार राति भएका खेलमा म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी बराबरीमा रोकिएको छ । सिटीले घरेलु मैदानमा आर्सनलमाथि १–०को जित निकाल्दा २ पकटको अग्रता जोगाउन नसक्दा चेल्सी साउथह्याम्पटनसँग ३–३ गोलको बराबरीमा रोकियो ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीलाई जित दिलाउन कप्तान रहिम स्टलिङले निर्णायक गोल गरे । २३औं मिनेटमा स्टर्लिङले गरेको गोल सिटीको जितमा निर्णायक बन्यो ।

खेलमा आर्सनलले पनि केही आक्रमण ग¥यो, तर सिटीका किपर इडर्सनले उत्कृष्ट बचाउ गरे । सिटीका केही प्रहार आर्सनलका किपर लेनोले पनि उत्कृष्ट बचाउ गरेका थिए ।

यसैगरी लन्डन क्लब चेल्सी दुई पटकको अग्रता जोगाउन नसक्दा साउथह्याम्पटनसँग ३–३ गोलको बराबरीमा रोकियो । खेलमा चेल्सीका लागि टिमो वार्नरले २ गोल गरे भने अर्को काइ हाभर्ट्जले गरे । साउथह्याम्पटनका ड्यानी इन्ग्स, चे एडम्स र जानिक भेस्टरगार्डले एक–एक गोल गरे ।

खेलको १५ औं मिनेटमा वार्नरको गोलमा चेल्सीले अग्रता लियो । २९औं मिनेटमा वार्नरले नै गोल गरेपछि चेल्सीले २–०को अग्रता लियो । तर, ४३ औं मिनेटम ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा फर्काए ।

५७औं मिनेटमा साउथह्याम्पटनका चेले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि ५९औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए । तर, ९०औं मिनेटमा साउथह्याम्पटनका जानिकले गोल गरेपछि चेल्सी ३–३ गोलको बराबरीमा रोकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP