म्यान्चेस्टरका दुवै क्लब विजयी

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टरका दवै क्लब म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । शनिबार राति भएको खेलमा सिटीले फुलह्यामलाई २–०ले हरायो भने युनाइटेडले वेस्टह्यालाई ३–१ले हरायो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र केभिन डी ब्रुएनले एक एक गोल गरे । इतिहाद स्टेडियममा पाँचौं मिनेटमा स्ट्रर्लिङको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

२६ औं मिनेटमा ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–० को जित दिलाए । जितसँगै सिटी लिगको चौंथो स्थानमा उक्लिएको छ । सिटीले १० खेलमा १८ अंक जोडेको छ । फुलहम ७ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले वेस्टह्यामविरुद्ध पुनरागमन गर्दै ३–१ को शानदार जित निकालेको हो ।

पहिलो हाफको ३८औं मिनेटमा थोमस सौसेकले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । तर, ६५औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

६८ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३(१ को जित दिलाए ।

जितसँगै युनाईटेड लिगको चौंथो स्थानमा उक्लिएको छ । युनाईटेडले १० खेलमा १९ अंक जोडेको छ भने वेस्टह्याम १७ अंक जोडेर सातौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.