कीर्तिमानी मूल्यमा म्यान्चेस्टर सिटी जाँदै ग्रेलिस

Read Time:2 Minute

एस्टन भिल्लाका इंग्लिस विंगर ज्याक ग्रेलिस कीर्तिमान मूल्यमा म्यान्चेस्टर सिटीमा आबद्ध हुने भएका छन्। २५ वर्षीय विंगर १ सय मिलिय युरोमा भिल्ला छाड्दै सिटी जाने पक्का भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार ग्रेलिसले २४ घण्टाभित्रमा सिटीसँग सम्झौता गर्नेछन्। यस विषयमा दुवै क्लब सहमत भइसकेको बताइएको छ। ग्रेलिसले सिटीसँग सम्झौता गरे, यो ट्रान्सर प्रियिमर लिगका अहिलेसम्मकै सबैभन्दा ठूलो ट्रान्सफर हुनेछ।

यसअघि प्रिमियर लिगको कीर्तिमानी स्ट्रासन्फर मूल्य ९३.२५ मिलियन युरो थियो । सन् २०१६मा म्यान्चेस्टर युनाइटेडले युभेन्टसबाट मिडफिल्डर पाउल पोग्बा भित्र्याउन सो रकम खर्चिएको थियो।

सिटीले गत सातामात्र ग्रेलिस भित्र्याउन एस्टनभिल्ला समक्ष १ सय मिलियन युरोको प्रस्ताव गरेको थियो । त्यसमा ग्रेलिस सहमत भइसकेका छन्।

वर्तमान युरोपियन फुटबलका उत्कृष्ट खेलाडी मध्ये एक ग्रेलिस छुट्टी मनाएर सोमबारबाट एस्टन भिल्लाको ट्रेनिङमा फर्किएका छन्। ग्रेलिसले सिटी ट्रान्सफरका विषयमा भिल्लाका स्पोर्टिङ डाइरेक्टर योहान लेन्जसँग पनि कुरा गरिसकेका छन्।

यो सिजिन प्रिमियर लिगमा टप सिक्समा रहने योजनामा रहेको भिल्लाले आफ्ना कप्तान तथा स्टार खेलाडी गुमाउनु पर्दा दुःखी भएको बताएको छ । उसले ग्रेलिसलाई सम्झौता नवीकरणका लागि प्रस्ताव पनि गरेको थियो। उसले उतकृष्ट खेलाडीलाई उत्कृष्ट क्लबबाट खेल्ने अवसरबाट बञ्चिन गर्न नसकिने पनि उल्लेख गरेको छ।

ग्रेलिसले च्याम्पियन्स खेल्ने आफ्नो सपना रहेको, त्यो पुरा हुनलाग्दा आफू खुसी भएको बताएका छन् । भिल्लाकै एकेडेमीका उत्पादन ग्रेलिसले भिल्लाबाट २१३ खेल खेल्दै ३२ गोल गरेका छन्। उनले इंग्ल्यान्डको राष्ट्रिय टिमबाट १२ खेलका छन् । गत महिनासम्म युरोकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post खेल्न छाडेको हुँ, क्रिकेट छोडेको होइनः पारस
Next post ५३ दिनपछि मैदान फर्किए एरिक्सन
Close