सिटीले भित्र्यायो भ्यालेन्सियाका युवा विंगर टोरेस

इंग्लिस क्लब म्यान्चेस्टर सिटीले स्पेनिस क्लब भ्यालेसिन्याका युवा विंगर फेरान टोरेसलाई अनुबन्धन गरेको छ । २० वर्षीय स्पेनिस विंगर अनुबन्धन गर्न सिटीले २३ मिलियन युरो खर्चियो ।

टोरेसले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् । उनी अब सन् २०२५ सम्म एत्तिहादमा रहेन छन् । सिटीमा टोरेसले जर्मन विंगल लिरोए सानोको स्थान लिने छन् । सानै यसै सिजन सिटी छाड्दै बायर्न म्युनिखमा आबद्ध भएका थिए ।

सिटीमा आबद्ध भएपछि टोरेसले सिटीमा जोडिन पाउँदा आफू धेरै खुसी भएको बताएका छन् । उनले हरेक खेलाडी आक्रामक टिममा आवद्ध हुन चाहने भएकाले आफू विश्वकै उत्कृष्ट र आक्रमक टिम सिटीमा आबद्ध भएको बताएका छन् ।

सिटीका निर्देशक ट्याक्सी बिगिरिस्टेनले टोरेसको प्रगतिलाई नजिकबाट नियालेरै उनलाई अनुबन्ध गरेको बताए । सिटी उनीसँग प्रभावित भएको उनले बताए ।

‘उनी युवा छन्, सिटीमा उनले अझै धेरै सिक्ने छन्, अझै उत्कृष्ट हुने छन्’, निर्देशक बिगिरिस्टेनले भने, ‘उनी तिब्र गतिमा खेल्छन् र प्राविधिक रुपमा पनि अब्बल छन् । हामी त्यस्तै खेलाडीको खोजीमा थियौं ।’

भ्यालेसिन्सयाकै एकेडेमीका उत्पादन टोरेसले सिनियर टिमबाट ९७ खेल खेल्दै ९ गोल गरेका छन् । उनी भ्यालेसिन्याका लागि च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । उनले गत नोभेम्बरमा फ्रेन्च क्लब लिलेविरुद्ध गोल गरेका थिए । यस्तै, उनी सर्वाधिक छिटो ५० खेल खेल्ने ला लिगाका पहिलो खेलाडी हुन् । उनले १९ वर्ष ३२४ दिनमा लिगको ५० खेल पुरा गर्दै ४० वर्ष पुरानो रोकर्ड तोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP