सिटी उपाधिबाट ३ अंक टाढा

पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेका छ । शनिबार राति भएको खेलको खेलमा क्रिस्टल प्यालेसलाई २–०ले हराएपछि सिटीलाई ३ अंकमात्र आवश्यक छ।

लिगका ४ खेल मात्र बाँकी रहेको अवस्थामा सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडसँग १३ अंकको अग्रता बनाएको छ। युनाइटेडले १ खेल कम खेलेको छ। ३४ खेलमा सिटीको ८० अंक भने युनाइटेडको ६७ अंक छ।

क्रिस्टल प्यालेविरुद्ध सिटीको जितमा सर्जियो अगुइरो र फेरान टोरेसले दुई गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले दोस्रोमा २ मिनेट अन्तरमा २ गोल गर्दै जित निकाल्यो।

५७औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि ५९औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २-० को जित दिलाए।

यो म्यान्चेस्टर सिटीको लगातार ११औं अवे जित हो । योसँगै सिटीले चेल्सी र आफ्नै रेकर्ड बराबरी गरेको छ । यसअघि चेल्सीले सन् २००८ र सिटीले सन् २०१७मा लगातार ११ अवे खेल जितेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.