ग्वार्डिओला भन्छन्– सिल्भाको बिदाई भव्य हुन्छ

सिजनको समाप्तिसँगै प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले आफ्ना लिजेन्ड खेलाडीलाई गुमाउँदै छ । सिटीलाई अहिलेको अवस्थामा ल्याउन मिडफिल्डको मोर्चा सम्हालेका डेविड सिल्भाले सिजनको अन्त्यसँगै सिटी छाड्ने छन् ।

सिजनको अन्त्यसँगै सिटीमा अब अघिल्लो पुस्ताका सर्जियो अगुएरो र फर्नाडिन्हो मात्र रहने छन् । सिल्भा जस्तै अगुएरो र फर्नाडिन्होको सिटीलाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका छ ।

कोरोना भाइरुसको महामारीका कारण प्रिमियर लिग बन्द रंगशालामा भइरहेकाले सिल्भाको बिदाइ खेल्लो हुने निश्चित जस्तै छ । तर, प्रशिक्षक पेप ग्वार्डिओला भने आफ्ना लिजेन्ड खेलाडीको बिदाई भव्य हुने बताउँछन् ।

सिल्भाको सिटीसँगको सम्झौता जुनको अन्यमै सकिँदै छ । सिल्भा सिजनको अन्त्यसम्मै सिटीमा रहने बताउँदे उनले बिदाइ भव्य बनाउने बताए । ग्वार्डिओलो सिल्भाको बिदाइ स्थिति समान्य भएपछि भव्यरुपमा गर्ने बताएका छन् ।

‘सिल्भाले आफ्नो अन्तिम खेलहरु यहाँ दर्शकबिनाको मैदानमा सकाउने छन् भन्ने कुरा अलि खल्लो लाग्छ। कसैले पनि यस्तो चाहँदैन तर अवस्था नै त्यस्तै परिदियो’, गार्डिओलाले भनेका छन्, ‘सिल्भाजस्ता खेलाडीले अहिलेको सिटी बनाउन ठूलो भूमिका खेलेका छन्।’

१० वर्ष इंग्ल्यान्डमा बिताएका सिल्भा कतारजाने तरखरमा छन् । स्पेनिस क्लब भ्यालेन्सियाका मिडफिल्डर सिल्भा सन् २०१० मा सिटी आएका थिए । सिटीबाट उनले ४ प्रिमियर लिग, २ एफए कप, ५ इएफएल कप र २ कम्युनिटी सिल्ड उपािध जितेका छन् । सिल्भाले सिटीमा अहिलेसम्म ४२५ खेलमा ७४ गोल गरेका छन् ।

स्पेनको २०१० विश्वकप विजेता टिमका सदस्य सिल्भाले सन् २००८को र २०१२ को युरोकप पनि जितेका छन् । स्पेनबाट उनले १२५ खेल खेल्दै ३५ गोल गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.