५ मिनेटमा तीन गोल गर्दै सिटी बन्यो च्याम्पियन

Read Time:2 Minute

लिगको अन्तिम खेलमा उत्कृष्ट पुनरामगन जित निकाल्दै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ। बक्सिङ डेमा भएको खेलमा सिटीले घरेलु मैदानमा एस्टनभिल्लाविरुद्ध ५ मिनेट अन्तरमा ३ गोल गर्दै ३–२को उत्कृष्ट पुनरागमन जित निकालेको हो।

यो जितसँगै सिटीले प्रिमियर लिग उपाधि रक्षा गर्न सफल भयो। यो सिटीको छैठौं प्रिमियर लिग उपाधि हो भने पछिल्ला ५ सिजनको चौथो उपाधि हो।

जितसँगै सिटीले शीर्ष स्थानमा लिभरपुलमाथि १ अंकको अग्रता बनायो। ३८ खेलमा २९ जित, ६ बराबरी र ३ हारसहित सिटीले ९३ अंक जोड्दा दोस्रो स्थानको लिभरपुलले ९२ अंक जोड्यो।

इतिहादमा सिटीलाई जित दिलाउन इल्केइ गुन्डोगानले २ गोल गर्दा अर्को गोल रोड्रीले गरे। यता, भिल्लाका फिलिपे काउटिन्हो र म्याट क्यासले गोल गरेका थिए।

३७औं मिनेटमा क्यासले गोल गर्दै भिल्लालाई अग्रता दिलाए। ६९औं मिनेटमा काउटिन्होले गोल गरेपछि भिल्लाले लिग लिडर सिटीमाथि २–०को अग्रता लियो।

त्यसपछि दबाबमा परेको सिटीलाई ७६औं मिनेटमा गुन्डोगानले गोल गर्दै खेलमा फर्काए । उनले रहिम स्टर्लिङको क्रसमा हेडिङमार्फत गोल गरेका थिए। ७८औं मिनेटमा रोड्रीले डिबक्स बाहिरबाट गोल गर्दै सिटीको उपाधि हासालाई जगाएका थिए।

त्यसपछि ८१औं मिनेटमा गुन्डोगानले नै गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए। उनले कप्तान केभिन डे ब्रुयनको उत्कृष्ट पासमा ट्याप इनमा गोल गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालका बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई अमेरिकाले दिएन भिसा
Next post एन्फा अध्यक्षमा कर्माछिरिङले दिए उम्मेवारी
Close