१८ खेलपछि म्यान्चेस्टर युनाइटेडविरुद्ध एस्टन भिल्लाको जित

इंग्लिस प्रियिमर लिग फुटबलमा म्यान्चेस्टर युनायटेड पराजित भएको छ। शनिबार राति भएको खेलमा युनायटेड एस्टनभिल्लासँग १–०ले पराजित भएको हो।

गोलरहित बराबरीतर्फ उन्मूख खेलको अन्त्यतिर गोल गर्दै एस्टन भिल्ला विजयी भयो । भिल्लाका लागि ८८औं मिनेटमा कोर्टेनी हउसले गोल गरेका थिए ।

इन्जुरी समयमा युनाइटेडले खेललाई बराबरी गर्ने सुनौलो अवसर गुमायो । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गर्न सकेनन् । उनको प्रहार भिल्लाका किपर इमिलियानो मार्टिनेजले रोकेका थिए।

ओल्डट्राफोर्डमा अधिकांक समय एस्टभिल्लामाथि दबाब बनाए पनि युनाइटेड गोल भने गर्न सकेन । युनाइटेडले खेलमा ७० प्रतिशत बल पोजेसन बनाउँदै भिल्लाको पोस्टमा २८ सट प्रहार गरेको थियो। जसमध्ये ४ सट फ्रेममा थियो । यता, भिल्लाले ७ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।

म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा लागातार लिग खेलमा गोल खाएको हो । प्रिमियर लिगमा युनायटेडको यो घरेलु मैदानमा सन् १९७० पछि सबैभन्दा लामो क्लिनसिट बिहीन यात्रा हो। सन् १९७२मा उसले घरेलु मैदानम लागतार ८ खेलमा क्लिनसिट राख्न सकेको थिए ।

यता, म्यान्चेस्टर युनाइटेडविरुद्ध प्रिमियर लिगमा १८ खेलपछि एस्टन भिल्लाको यो पहिलो जित हो । सन् २००९को डिसेम्बरमा पनि भिल्ला १–०ले नै विजयी भएको थियो।

Facebook Comments Box