
रोनाल्डोको गोलमा युनाइटेडले चेल्सीसँग खेल्यो बराबरी
इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन्। बिहीबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीका मार्कस ओलन्सो र युनाइडेलका क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए।
६०औं मिनेटमा ओदन्सोले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। काई हाभर्टज हेडिङमार्फत दिएको पासमा उनले भलीमाफृत गोल गरेका थिए । तर, त्यसको दुई मिनेटपछि नै युनाइटेडले बराबरी गोल फर्कायो । ६२औं रोनाल्डोले नेमान्जा माटिचको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेलमा चेल्सीले युनाइटेडमाथि अधिकांश समय दबाबमा राख्यो । उसका केही उत्कृष्ट प्रहारमा गोलकिपर डेभिड डि गिया र पोस्ट बाधक बन्यो। ६५ प्रतिशत बल पोजेसन बनाएको चेल्सीले २१ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो । यता, युनाइटेडले ६ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।
बराबरीसँगै चेल्सी ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ। युनाइटेड ३५ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।