युनाइटेडमाथि लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ४–२ले हायो ।

लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले २ गोल गरे भने मोहम्मद सलाह र डिएगो जोटाले समान १ गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेस र मार्कस रोस्फोर्डले गोल गरेका थिए।

१०औं मिनेटमै ब्रुनो फर्नान्डेजको गोलमा युनाइटेडले घरेलु मैदानमा अग्रता लियो । तर ३४ औं मिनेटमा जोटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। फिर्मिन्होले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई खेलमा पहिलो पटक अग्रता दिलाए ।

दोस्रो हाफको सुरुआतमै फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३–१को स्थितिमा ल्याए । उनले ४७ औं मिनेटमा गोल गरेका थिए। ६८औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई पुनः खेलमा फर्काउने प्रयास गरे । तर, खेलको अन्तिम मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलले ४–२ले विजयी भयो ।

३६ खेलबाट ७० अंक जोडेको युनाइटेड दोस्रो स्थानमा छ भने ३५ खेलबाट ६० अंक जोडेको लिभरपुल पाँचौ स्थानमा रहेको छ।

Facebook Comments Box