न्युकासललाई हराउँदै युनाइटेड दोस्रो स्थानमा

न्युकासल युनाइटेडलाई हराउँदै म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा न्युकासलमाथि ३–१को जित निकाल्दै युनाइटेड दोस्रो स्थानमा उक्लिएको हो।

जितसँगै युनाइटेडको २५ खेलमा ४९ अंक भएको छ। उ शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १० अंकले पछि छ । न्युकासल २५ अंक जोडेर १७औं स्थानमा छ।

युनाइटेडलाई सहज जित दिलाउन ब्रुनो फर्नाडेस, मार्कस रोस्फोर्ड र ड्यानिअल जेम्सले गोल गरे भने न्युकासलका न्युकासलका एलेन सेन्ट म्याक्सीमिनले एक गोल फर्काएका थिए।

ओल्ड ट्राफोर्डमा रास्फोर्डले ३०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। ३६औं मिनेटमा न्युकासलका एलेनले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो।

५७औं मिनेटमा जेम्सले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए। त्यसपछि ७५औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ३(१ को जित दिलाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.