क्लब फुटबलफुटबल

कतारी सेखले किन्लान् त म्यान्चेस्टर युनायटेड ?

इङ्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड क्लबको स्वामित्व बेच्ने तयारीमा छ। युनाइटेडका मालिकले क्लब बेच्नका लागि कतारका सेखहरुसँग छलफल अघि बढाएका छन्।

युनाइटेडले क्लबको स्वामित्व बिक्रीका लागि कतारका सेख जसिम विन हम्माद अल थानीसँग वार्ता गरिरहेको छ। समाचार अनुसार थानीसँग उनीहरु ६ बिलियन डलरभन्दा बढी रकममा क्लब बेच्ने विषयमा छलफल गरेको बताइएको छ।

छलफल अघि बढिरहेपनि सम्झौताको टुंगो भने लागेको छैन। तर, उनी सम्झौताको सबैभन्दा नजिक पुगेको बताइएको छ।

कतारका पूर्वप्रधानमन्त्रीका छोरा सेख जसिमले गल्फ स्टेटका सबैभन्दा धनाढ्य व्यक्ति हुन् ।

युनाइटेडको सेयर उल्लेख्य रुपमा वृद्धि भइरहेको र गिरावट नआएकाले, लगानीकर्ताले शेख जसिमले नै सय प्रतिशत क्लबको स्वामित्व लिनेमा विश्वस्त छन्। यो महिनाको सुरुवातमा शेख जसिमले क्लब खरिदका लागि पाँचौं पटक बोली लगाएका थिए ।

यसबाहेक क्लब खरिदमा सर जिम रयाटक्लीफको इनियस समूह पनि इच्छुक छ। शेख जसिम र इनियस समूह क्लबको स्वामित्व खरिदमा सबैभन्दा अघि देखिए पनि शेख अहिलेसम्मकै दाबेदार हुन् ।

गत वर्षको नोभेम्बरमा युनाइटेडका हालका मालिक ग्लेजर परिवारले क्लब बिक्रीको औपचारिक आह्वान गरेको थियो।

सन् २००५ मा युनाइटेडको स्वामित्व लिएको थियो। तर इङ्लिस प्रिमियर लिगको शीर्ष डिभिजनको उपाधी युनाइटेडले त्यस यता २० वर्षमा मात्रै एक पटक जितेको छ।

पछिल्लो समय खराब प्रदर्शनका मुख्य कारण ग्लेजर परिवार नै भएको भन्दै क्लबका समर्थकले आलोचना गर्दै आएका छन्।