बर्नेमाउथलाई हराउँदै शीर्ष चारमा फर्कियो म्यानयु

ओलेगनर सोल्सायरको प्रशिक्षणमा रहेका म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा फर्किएको छ । शनिबार राति ओल्ड ट्राफोर्डमा बर्नेमाउथमाथि ५–२को जित निकाल्दै युनाइटेड लिगको शीर्ष चारमा फर्किको हो ।

बर्नेमाउथविरुद्धको सानदार जितसँगै चेल्सीलाई पछि पार्दै युनाइटेड चौथो स्थानमा उक्लिएको हो । युनाइटेडको ३३ खेलमा ५५ अंक जोडेको छ भने १ खेल कम खेलेको चेल्सीको ५४ अंक छ । बर्नेमाउथ २७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

घरेलु मैदानमा युनाइटेडलाई सानदार जित दिलाउने क्रममा युवा स्ट्राइकर मासन ग्रिनउडले २ तथा एन्थोनी मार्सियल, मार्कोस रास्फोर्ड र ब्रुनो फर्नाडेसले समान १ गोल गरे । यस्तै बर्नेमाउथका बर्नेमाउथका जुनियर स्टानिसलास र जोसुवा किङले गोल गरेका थिए ।

म्यानयुको मैदानमा अगैता बर्नेमाउथले लियो । उसले १६औं मिनेटमा स्टानिसलासको गोलमा अग्रता लिएको थियो । तर, २९औं मिनेटमा ग्रिनउडले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको ६ मिनेटपछि नै युनाइटेडले अग्रता लियो । ३५औं मिनेटमा रास्फोर्डले पेनाल्टीमा गोल गरेका थिए ।

यस्तै, पहिलो हाफको अन्तिम मिनेटमा मार्सियलले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गरेपछि युनाइटेडले पहिलो हाफमा ३–१को अग्रता लियो । ५०औं मिनेटमा जोसुवाले गोल गर्दै बर्नेमाउथलाई खेलमा फर्काउने प्रयास गरे । तर, लगत्तै ग्रिनउडले ५४औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ४–२को अग्रता दिलाए । ५९औं मिनेटमा फ्रिकिकमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेडले ५–२को सहज जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP