एफए कपमा युनाइटेड विजयी

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। सोमबार राति सम्पन्न खेलमा भिल्लालाई १–० ले पराजित गर्र्दै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो।

घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले खेलको आठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेलको ५०औं मिनेटमा ड्यानी इंग्सले बराबरी गोल फर्काएपनि भिएआरमा उनको गोलले मान्यता पाएन।

त्यसपछि पनि दुवै टोलीबाट केही खतरनाक आक्रमण सिर्जना भएपनि युनाइटेडले पहिलो हाफमा लिएको अग्रता जोगाउदै जित निकाल्न सफल भयो।

यो जितसँगै एफए कपको अन्तिम ३२ को समीकरण पूरा भएको छ। यस चरणका खेल ६ फेब्रुअरीमा हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ७० लाख लगानीमा गौरादहमा खुल्यो फुटसल
Next post न्युजिल्यान्डका अजाज पटेल बने आईसिसीको डिसेम्बरका उत्कृष्ट क्रिकेटर
Close