फर्नान्डेस, पोग्बा र ग्रिनउडको गोलमा म्यानयु विजयी

मिडफिल्डरद्वय ब्रुनो फर्नान्डेस र पाउल पोग्वा तथा स्ट्राइकर मासन ग्रिनउडले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सहज जित हात पारेको छ । बिहीबार राति भएको खेलमा फर्नान्डेस, पोग्बा र ग्रिनउडले गोल गरेपछि युनाइटेडले रेलिगेसन जोनमा रहेको एस्टन भिल्लालाई ३–०ले हराएको हो ।

मिडफिल्डर ब्रुन फनाएन्डेसको आगमनपछि युनाइटेडले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको दिएको छ । सबैखाले प्रतियोगितामा गरी ऊ लागतार १७ खेलमा अपराजित छ । यस्तै, उसले च्याम्पियन्स लिग छनोटको दौडमा पनि आफूलाई बलियो बनाएको छ ।

फर्नान्डेसले २७ औं मिनेटमा पेनाल्टीमा युनाइटेडलाई अग्रता दिलाएका थिए । एजरी कोन्साको फलमा प्राप्त पेनाल्टीमा फर्नान्डेसले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा ग्रिनउडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २–०को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गरेको थियो । ५८औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई ३–० को जित दिलाए । पोग्बाले एन्थोनी मार्टियलको क्रसमा तेस्रो गोल गरेका थिए ।

लिगमा चार चरणको खेल बाँकी रहँदा युनाइटेडले ५८ अंकका साथ पाचौं स्थानमा छ । उसले चोथौ स्थानको लेस्टर सिटीसँग १ अंकले मात्र पछि छ । युनाइटेडसँग पराजित भएपछि एस्टनभिल्ला भने रेलिगेसनमा पर्ने लगभग पक्का भएको छ । उ २७ अंकसहित पुछारबाट

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.